८ असार २०८३, सोमबार | Mon Jun 22 2026

बामदेवका लागि संविधान संशोधन गर्ने कार्यदलमा बस्न नेम्वाङ र देवकोटाद्धारा अस्विकार

१२ फागुन, काठमाडौँ । बामदेव गाेतमका लागि संविधान संशोधन गर्ने स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटाले अस्वीकार गरेका छन् । माधवकुमार नेपालले सोमबार बिहान सचिवालय सदस्य  नेम्वाङ र देवकोटालाई छलफलका लागि बोलाएका थिए । उक्त भेटमा दुवैले कार्यदलमा बस्न असहमति जनाएका हुन् ।

नेम्वाङले भने, ‘संविधान संशोधन जस्तो कुरा जनतालाई थाहा दिएर गर्नुपर्ने कुरा हो। यो गोप्य राख्‍ने कुरै होइन। जनतालाई लुकाएर सूचना बाहिरियो भन्नु गलत हो। संविधान संशोधन जस्तो गम्भीर विषयमा अपारदर्शी हुन मिल्दैन। त्यसमा मेरो सहमति छैन’।

यस्तै नेता देवकोटाले देशको शासकीय स्वरुप र निर्वाचन प्रणालीको बारेमा छलफलका लागि भनेर सचिवालय सदस्य नेपालको निवासमा गएको बताए। उनले भने, ‘शासकीय स्वरुप र निर्वाचन प्रणालीको बारेमा छलफलका लागि भन्ने मनाशयले गएको थिएँ। राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन गर्नुपर्ने विषय भएपछि मैले समर्थन जनाउन सकिनँ’।

प्रकाशित मिति : February 24, 2020 at 2:55 pm