प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउन खोज्ने ४ जना विद्यार्थी पोखरामा पक्राउ
१२ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोज्ने ४ जना विद्यार्थी पक्राउ परेका छन् । पोखरा सभागृह गेटबाहिर समाजवादी पार्टी निकट विद्यार्थीहरूले कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटालगायत ४ जना रहेका छन् । प्रधानमन्त्री ओली नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा सभागृहमा आएका हुन् । पोखरा सभागृहमा सोमबार र मंगलबार प्रशिक्षण र बैठक बस्दैछ ।
प्रकाशित मिति : February 24, 2020 at 12:41 pm









