बामदेवका लागि संविधान संशोधन गर्ने विषय विवादित भइरहँदा ओली र प्रचण्डबीच छलफल
१२ फागुन, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच संविधान संशोधन लगायको विषयमा छलफल भएको छ । शनिबार नेकपाले पार्टी उपाध्यक्ष बामदेव गौतमको रहरमा संविधान संशोधनका लागि एउटा कार्यदल गठन गरेपछि उत्पन्न भएको परिस्थितिका विषयमा छलफल गर्न दुइ अध्यक्ष जुटेका हुन ।

आइतबार प्रधानमन्त्री जन्मदिन मनाउन र गृह जिल्लाको बिभिन्न कार्यक्रममा व्यस्त रहेका कारण दुइ अध्यक्ष सोमबा बिहानैदेखि छलफलमा जुटेका हुन । दुइ अध्यक्षका बीचमा समसायिक विषयका अलवा संविधान संशोधन कार्यदलको बारेमा छलफल भएको बुझिएको छ । नेकपाले संविधान संशोधनका लागि कार्यदल नै गठन गरेको विषय बाहिरिएपछि सामाजिक सञ्जालको उक्त निर्णयको चर्को आलोचना भैरहेको छ । अधिकांश भन्दा बढी नेकपाक नैता कार्यकर्ताले सचिवलायको निर्णयको विरूद्धमा प्रतिक्रिया जनाइरहेका छन ।
नेकपाले बामदेव गौतमलाइ राष्ट्रियसभामा खाली हुन लागेको अर्थमन्त्री डा युवराज खतिवडाको ठाउँमा मनोनित गरेर देशको प्रधानमन्त्री बनाउन मिल्ने संवैधानिक बाटो खाल्नेगरी संशोधनको गृहकार्य थालेको थियो । पछिल्लो समय सचिवालयमा अल्पमतमा परेका ओलीले प्रचण्डको प्रस्तावमा सहमति जनाएका थिए । नेकपाले संविधान संशोधनको कार्यदलमा माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटालाइ जिम्मेवारी दिएको छ ।
प्रकाशित मिति : 10:56









