चाडपर्वले पारस्परिक सद्भाव बढाउन सहयोग गर्छ : राष्ट्रपति भण्डारी
१२ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली चाडपर्वले आपसी सद्भाव बढाउन सहयोग पुर्याउने बताएकी छन् । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले आज मनाउन थालेको ग्याल्पो ल्होसारका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्पो ल्होसारका अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना पनि गरेकी छन् ।
ग्याल्पो ल्होसार नेपाली संस्कृतिकै एक महत्त्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै उनले यस्ता चाडपर्वले विविध संस्कृति अँगालेको नेपालीहरुका बीचमा सहिष्णुता, पारस्परिक सद्भाव र सहयोग अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्नेछ भन्नेमा विश्वास व्यक्त गरेकी छन् ।
आज ग्याल्पो ल्होसार : सकियो बराह, मुसा वर्ष आरम्भ
राष्ट्रपति भण्डारीले ग्याल्पो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
प्रकाशित मिति : February 24, 2020 at 8:18 am







