८ असार २०८३, सोमबार | Mon Jun 22 2026

आज ग्याल्पो ल्होसार : सकियो बराह, मुसा वर्ष आरम्भ

१२ फागुन, काठमाडौं । आज ग्याल्पो ल्होसार । शेर्पा समुदायले हर्सोल्लासका साथ मनाउँदै छ । प्रत्येक फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले यो पर्व मनाउने गर्छ ।

सांस्कृतिक पर्व ग्याल्पो ल्होसारका अवसरमा आज विविध कार्यक्रमहरुको आयोजना गरिँदै छन् । आज नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।

आज बराह वर्ष सकिएसँगै मुसा वर्ष आरम्भ भएको छ । शेर्पा समुदायले ग्याल्पो ल्होसारलाई १२ वटा वर्षमा विभाजन गरी मनाउने गर्छन् । उनीहरुले मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह वर्षका रुपमा मनाउने गर्छन् । त्यसैले आजदेखि मुसा वर्ष सुरु भएको हो ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन थालिएको किंवदन्ति छ । पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मात्र मनाइने ग्याल्पो ल्होसार अहिले भने २२ जिल्लामा मनाइन्छ ।

प्रकाशित मिति : February 24, 2020 at 8:07 am