केक विवाद: विश्वका अरु देशमा पनि काटिन्छ नक्सा र झण्डा अंंकित केक (फोटोफिचर)
१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा तेह्रथुममा काटिएको केकका विषयमा सामाजिक सञ्जालमा चर्को विवाद सिर्जना भएको छ । यद्यपी यो विवाद जवर्जस्त सिर्जना गराउने कोशिश गरिएको छ ।
पश्चिमाहरूको केक संस्कृति अँगालेका हामी नेपालीले विश्वका अरू देशका राष्ट्र र सरकार प्रमुखको जन्मदिनमा कस्तो केक काटिन्छ भन्ने जानकारी समेत नभएका व्यक्तिहरूले गलत अभिव्यक्ति दिइरहेका छन ।

केक विदेशी संस्कृति हो, विदेशमा पनि केकमा देशको फोटो राखेर काटने चलन त छ । फेरी यहि पनि त हामी आफ्नै नामको केक काट्छौ, बत्ति निभाउछौं अनि आफूले गर्दा ठिक र अरुले गर्दा बेठिक भन्ने बिरोधको शैली यसमा सामाजिक सञ्जालमा देखिएको छ ।
केकको सन्दर्भमा भैरहेको विवादा र आलोचनालाइ बिरोधकै निम्ति गरिएको बिरोध भन्दा बढी केही भन्न सक्ने अवस्था देखिदैन । नेपालको नक्सा अंकित केक काटिएको विषयमा प्रधानमन्त्री ओलीको ओलचना भैरहेको सन्दर्भमा हामीले यहाँ विश्वका अन्य देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले जन्मदिनमा केक काटेका केही महत्वपूर्ण तस्बीरहरू यहाँ प्रस्तुत गरेका छौँ। तस्बीरहरूः सामाजिक सञ्जाल

प्रकाशित मिति : February 24, 2020 at 7:43 am









