८ असार २०८३, सोमबार | Mon Jun 22 2026

मान्छे मारेर भागेको २१ वर्षपछि चन्द्रागिरीका गोविन्द लामा पक्राउ

११ फागुन, काठमाडाैँ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले विसं २०५५ मा सवारी ज्यान उद्योगमा फरार रहेका चन्द्रागिरिका गोविन्द लामालाई आज पक्राउ गरेको हो ।

प्रतिकात्मक तस्बिर ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले विसं २०५५ मा जिल्ला अदालत काठमाडौँले चार महिना २८ दिन कैद र सजाया र रु दुई हजार जरिवना तोकिएको लामालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका लामासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : February 23, 2020 at 10:37 pm