१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

संविधान संशोधनका लागि नेकपाले माधव नेपालको संयोजकत्वमा गठन गर्‍यो ३ सदस्यीय कार्यदल

११ फागुन, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संविधान संशोधनबारे अध्ययनका लागि कार्यदल गठन गरेको छ ।नेकपाको सचिवालयकाे शनिवार बसेको  बैठकले ३ सदस्यीय कार्यदल गठन गरेको हो ।

नेता माधव कुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको स्रोतको भनाइ छ । कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्बाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेका छन् ।

फाइल तस्बिर ।

शनिवारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल गठनका लागि प्रस्ताव पेश गरेका थिए । कार्यदलले राष्ट्रियसभा सदस्यलाई प्रतिनिधसभाको हैसियत बराबर हुने गरी संविधान स‌ंशोधनका लागि अध्ययन गर्ने र संविधान संशोधन गर्नु पर्ने अन्य विषयबारे समेत अध्ययन गर्ने जिम्मेवारी पाएको स्रोतको भनाइ छ ।

सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको भएपनि निर्णय भने नभएको स्रोतको भनाइ छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने तयारी स्वरुप कार्यदल गठन गरेको स्रोतको दाबी छ ।

यसअघि राष्ट्रिय सभा सदस्यले प्रधानमन्त्री बन्न नमिल्ने भन्दै उपाध्यक्ष गौतमले राष्ट्रिय सभा सदस्य बन्न अस्वीकार गरेको बताएका थिए ।

प्रकाशित मिति : 18:10