आफैँले विज्ञ बनाएको ‘स्वीस दलाल’ मिश्रविरूद्ध लेखा समितिले दियो साइबर क्राइमको उजुरी
११ फागुन, काठमाडाैँ । संसदको सार्वजनिक लेखा समितिले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बार्गेनिङ गरेको भनेर अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध आइतबार साइबर क्राइमको उजुरी दिएको छ । लेखा समितिमा सदस्यहरूले प्रहरी प्रधान कार्यालयमै पुगेर मिश्रविरूद्ध साइबर क्राइमको उजुरी दिएका हुन ।

समितिको बैठकले ३ दिन अघि नै प्रहरीको साइबर क्राइम ब्यूरोको नाममा छानविन गरेर कारवाहीका लागि पत्राचार गरेको भए पनि आइतबार उजुरी दर्ता गरेको समितिका सचिव डा।रोजनाथ पाण्डेले जानकरी दिए । मिश्रले सार्वजनिक गरेको अडियो एनिमेसन गरेको विषय समेत बाहिर आएकाले अब मिश्रयो गतिबिधिमा को को संलग्न छन भन्ने पनि खुल्दै जाने भएको छ ।
प्रकाशित मिति : February 23, 2020 at 3:57 pm









