करिनाको ड्रेस ह्युमर (फोटो फिचर)
११ फागुन, काठमाडौं । करिना कपुर भर्सटाइल नायिका हुन् । बलिउडमा उनलाई बेबो नामले पनि चिनिन्छ । उसो त उनी जति सुन्दर छिन् त्यो भन्दा बढी उनमा ड्रेस ह्युमर पनि छ । अर्थात् कस्तो कार्यक्रममा कसरी प्रस्तुत हुने भनेर ।
उनी उपस्थित भएको कार्यक्रममा उनको फेसनले चर्चा नपाएको कमै हुन्छ । हालै मुम्बईमा आयोजित लक्मे फेसन सप्ताहको अवसरमा करिना निकै हट अवतारमा प्रस्तुत भइन् । उनको पहिरनको सर्वत्र चर्चा पनि भयो । बलिउड नायक सैफ अली खानसँग विवाह गरेकी करिनाका एक पुत्र पनि छन् ।
बच्चाकी आमा भए पनि आफ्नो फिगरलाई निकै मेन्टेन गरिरहेकी करिना यसपटक निकै सुन्दर देखिएकी छन् । यसपटक बलिउडमा करिनाको ड्रेसलाई लिएर निकै तारिफ भएको छ । हेरौं गाढा गाउनमा देखिएकी करिनाको हट तस्बिर ।
–एजेन्सी
प्रकाशित मिति : ११ फाल्गुन २०७६, आईतवार ०८:४०