चिसोले रित्तियो गाउँ
१० फागुन, काठमाडौं । मुगुको पूर्व भेकमा पर्ने कार्मारोङ गाउँपालिका १, बाग्री गाउँका बासिन्दा चिसोका कारण मुगुबाट जुम्लाका विभिन्न ठाउँमा बसाइँ सरेर गएपछि गाउँ नै रित्तिएको छ ।
बाग्री गाउँमा दिनको तीन घण्टा पनि घाम नलाग्दा अत्यधिक चिसो बढेपछि यहाँका बासिन्दा बसाइँ सरेर जुम्ला गएका हुन् ।

चिसोका कारण देखाउँदै १५ वर्षदेखि स्थानीय गाउँ छाड्दै जुम्लाका विभिन्न ठाउँमा बसाइँ सर्न थालेको खबर अन्नपूर्ण पोस्टमा छ ।
कार्मारोङ गाउँपालिका १ मा तीनवटा बस्ती छन् । जसमा चिताई र डोल्पुमा सर्वसाधारण बसोबास गर्छन् । तर, बाग्री गाउँवासी घर छोड्दै जान थालेका छन् । यस गाउँमा ७५ घरधुरी छन् ।
प्रकाशित मिति : February 22, 2020 at 8:35 am







