८ असार २०८३, सोमबार | Mon Jun 22 2026

किसानलाई कुटेर चर्पीमा थुन्ने कांग्रेस नेता यादवले बिरोध गरेको भन्दै अर्को युवालाई पनि कुटे

९ फागुन, बारा । नेपाली कांग्रेसका नेता समेत रहेका महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने एक युवकलाइ कुटपिट गराएका छन । एक जना किसानलाइ खेतमै पुगेर कुटपिट गरी चर्पीमा थुनेका उनले तीनै किसानको छोरालाइ खेतला प्रयोग गरी कुटपिट गरेका हुन ।

गाउँको नाला निर्माण काममा भइरहेको ढिलासुस्तीबारे फेसबुकमा भिडियो पोस्ट गरेको भन्दै स्थानीय युवा मुकेश कुशवाहालाइ मेयरले खेताला लगाएर कुटपिट गरेको पीडितल बताएका छन । केही दिनअघि मेयरे कुशवाहाका पिता ५५ वर्षीय हरेन्द्र महतोलाई मेयर यादवल अाफैँले कुटपिट गरेर साैचालमा थुनेका थिए ।

बिहीबार मेयरका मन्छेले कुटपित गर्दा अन्या तीन जना पनि घाइते भएका छन । घाइते मध्ये कुशवाहकाे अवस्था जटिल रहेकाले थप उपचारका लागि काठमाडाैँ पठाइएको छ । प्रहरीका अनुसार तरुण दलका स्थानीय नेता साजन गुप्ता, महागढीमाई नगरपालिकाका कार्यालय सहयोगी धिरेन्द्र सिंह लहेरा र ट्याक्टर चालक साहेब यादव घाइते भएका हुन् ।

गत आर्थिक वर्ष २०७५/०७६ मा सम्पन्न गर्नुपर्ने नालाको काम हालसम्म पूरा नभएर समस्या परेको स्थानीयको गुनासोपछि निरीक्षणमा पुगेका मेयर यादवको भनाइसहित छोरा मुकेशले बनाएको भिडियो स्थानीय अर्का युवाले पनि सामाजिक सञ्जालमा अपलोड गरेका थिए। करिव २९ सेकेन्डको सो भिडियोमा मेयर यादवले ‘यो समस्याको अहिले समाधान गर्न नसकिने र जे गर्न र जहाँ जान मन लाग्छ त्यही जानू’ भनी प्रतिक्रिया दिएका छन ।

यो पनि पढ्नुहोस्

गुनासो गर्ने किसानलाई कांग्रेस नेता उपेन्द्र यादवले खेतमै पुगेर कुटपिट गरी चर्पीमा थुने

प्रकाशित मिति : February 21, 2020 at 1:53 pm