८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नेपाली तिर्थयात्री सवार बस भारतमा दुर्घटना, ६ जनाको मृत्यु, २८ जना घाइते

८ फागुन, काठमाडाैँ । नेपाली तिर्थयात्री सवार बस भारतमा दुर्घटनामा परेको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन । भारतको सलिम बैंलुरु राष्ट्रिय राजमार्गमा गएराति बस दुर्घटनामा परेको द हिन्दूको अनलाइन संस्करणले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका मध्ये गोपाल तामाङ (५६), फितासरी चौधरी (५५), विष्णु दाहाल (६०)कोमात्र सनाखत भएको छ । मृतक मध्ये २ जना महिला रहेका छन । घाइतेहरू सबैको पहिचान खुलेको छैन । दुर्घटनामा घाइते भएका मध्ये १८ जनालाई उपचारको लागि मोहन कुमारमंगलम मेडिकल कलेजमा लगिएको जनाइएको छ ।

दुर्घटनामा परेको यात्रुहरू सुनसरीबाट २३ माघमा ३५ दिन लामो तीर्थयात्रामा निस्केका थिए । बसका चालक भारतीय प्रहरीको नियन्त्रणमा रहेका छन ।

प्रकाशित मिति : February 20, 2020 at 2:17 pm