महरालाई अन्तिम फैसलाका लागि जिल्ला अदालत ल्याइयो
५ फागुन, काठमाडाैँ । जिल्ला अदालत काठमाडौँलेबलात्कारकाे अभियाेगमा पुर्पक्षका लागि जेल परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्धाकाे फैसला आज गर्दै छ। अदालतको अन्तिम फैसलाका लागि महरालाई अदालतमा उपस्थित गराइएकाे छ ।

आइतबार नै फैसला हुने भनिए पनि हेर्दाहेर्दै राखिएको मुद्दाको फैसला आज हुने भएको हो। जिल्ला अदालत काठमाडौँमा हिजो दुवै पक्षको बहस सकिइसकेको छ। तर फैसलाका लागि समय अपुग भएको भन्दै महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि हाल डिल्ली बजार कारागारमा छन्।
प्रकाशित मिति : February 17, 2020 at 11:37 am









