७ असार २०८३, आइतबार | Mon Jun 22 2026

५ फागुन, काठमाडौं काठमाडौँ उपत्यकासहित देशभर न्यानो बढेको छ । यसरी निरन्तर तापक्रम बढ्ने क्रममै रहेको मौसमविद्‍हरुले बताएका छन् ।

कुनै मौसमी प्रणाली विकसित नभए विस्तारै तापक्रम बढ्दै जाने मौसमविद्‍हरु बताउँछन् ।  फेब्रुअरीको अन्त्यसम्म मात्र तापक्रम घट्ने मौसविद्को भनाइ छ । “जाडो मौसमको अन्यतिर बिहान-बेलुका बढी चिसो महसुस हुने र दिउँसोको समयमा गर्मी हुने हुन्छ,” मौसमविद् मीनकुमार आर्यालले भने । उपत्यकासहित देशका अन्य भेकमा पनि पछिल्ला दिनमा दिउँसो गर्मी महसुस गरिएको छ ।

तापक्रम बढेसँगै युवा पुस्ताका गर्मीलक्षित फेसनका पनि बढेका छन् । दिउँसो युवायुवती छोटा, पातला कपडामा हिँड्न थालिसकेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले पनि काठमाडौँ उपत्यकाको तापक्रम पनि क्रमश: बढिरहेको जनाएको छ । बिहान-बेलुका चिसो महसुस गरिए पनि दिउँसो भने गर्मी बढेको हो ।

गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री पनि विस्तारै बढ्न थालेको व्यापारीहरु बताउँछन् । चिसो पेय पदार्थको बिक्री हुने सिजन अब सुरु हुन थालेको छ ।

प्रकाशित मिति : February 17, 2020 at 7:56 am