ललितपुरमा आज सार्वजनिक बिदा
५ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाका पूर्वमेयर बेखारत्न शाक्यको निधनमा शोक मनाउन कार्यालय र सबै वडा बन्द रहने महानगरपालिकाले जनाएको छ ।
नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वमेयर शाक्यको ८८ वर्षको उमेरमा आइतबार (हिजो) बिहान निधन भएको थियो ।
२०४७ सालको राजनीतिक परिवर्तनपछि शाक्य २०४९ सालमा ललितपुर उपमहानगरको पहिले मेयर बनेका थिए । उनी नगरपालिका संघका संस्थापकसमेत हुन् ।

प्रकाशित मिति : February 17, 2020 at 6:59 am







