कांग्रेस नेताले मार्ने धम्की दिएपछि पत्रकार प्रेम राैलेले पद त्यागे (विज्ञप्तिसहित)
४ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसका नेताले ज्यान मार्ने धम्की दिएपछि बाजुराका एक जना पत्रकार प्रेम राैलेले कांग्रेसकै भ्रातृ संस्था प्रेस युनियनको जिल्ला अध्यक्ष पद त्यागेका छन । अाइतबार एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय समाचार समितिमा संवाददाता राैलले अब उप्रान्त प्रेस युनियनको अध्यक्ष भएर काम गर्न नसक्ने जानकारी दिएका छन ।

राैलेको विज्ञप्ति जस्ताको त्यस्तै
प्रेस विज्ञप्ती
जिल्लामा लामो समयदेखि नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको पशुपति माध्यमिक विद्यालयको इकाई कार्य समिति अध्यक्ष हुदै बाजुरा क्याम्पसको इकाई अध्यक्ष भएर राजनितीक रुपमा उक्त पार्टीलाई सहयोग गरियो । पाटीको भातृसंघ पछि जिल्लामा पत्रकारिता पेशामा संलग्न भईयो । पत्रकारितासंगेै काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन बाजुराको साधारण सदस्य,केन्द्रीय पार्षदसहित हाल आएर जिल्ला अध्यक्ष पदमा छु । पदमा हुदै गर्दा हरेक पार्टीका नेताहरुको इच्छा अनुसार समाचार प्रकाशन तथा प्रसारणमा सहयोग गर्दै आइयो । मेरो मतलव पाटीको मुखपत्र नैै बनेर काँग्रेसको पत्रकार समेत तत्कालिन नेकपा एमाले र नेकपा माओबादी आस्थावान नेता तथा कार्यकर्ताले दिएकथो संज्ञा समेत सहदै पाटीलाई उच्च राख्न लागि रहे । यति मात्र होइन जन्मजातका रुपमा नै स परिवार नेपाली काँग्रेसमा आस्थावान रहेका छन् ।
२०५७ सालको चुनावमा मेरा माइला दाईले काँग्रेस भएकै कारण तत्कालिन नेकपा एमालेका कार्यकर्ताबाट साविकको कुल्देवमाण्डौ गाविस ३ थुमामा लुकेर बसेको अवस्थामा मरणासन्न हुने गरी कुटपिट गरे । त्यति मात्र नभई हरेक स्थानीय र केन्द्रका चुनावहरुमा दाईहरु पाटीको झण्डा बोक्दै गए । पाटीले समेत कुनै योगदान नबुझ्दै सरकारी कार्यालयमा कार्यालय सहयोगीका लागि आवेदन दिदा अर्कैलाई दिएर जो अहिले नेकपाका कार्यकर्ता छन् । मेरो परिवारले पायो त केवल पिडा,तिरस्कार घृष्णा मात्र काँग्रेसबाट । पछिल्लो समयमा मेरो घरकाथे कान्छो भाई नेपाल विद्यार्थी संघको सिद्धनाथ क्याम्पसको इकाई सभापति सहित नेविसंघको केन्द्रीय सदस्य बन्यो । तर पनि म जिल्ला र भाइले पनि केन्द्रको राजनितिक उचाई बनाएको प्रति म मात्र नभइ स परिवार निकै हर्षित भएका थिए । अझै भन्नुपर्दा सिंगो गाउँ नै २०७० सालको संविधान सभाको चुनावमा काँग्रेस परित्याग गरी तत्कालिन नकपा एमाले भए तरपनि मेरो परिवार कतै विचलित नभएर यथावत रह्यो ।
जिल्लामा सहकारी मार्फत संचालित रेडियोमा तीन वर्ष काम गर्दै गर्दा काँग्रेसका शुभेच्छुक संस्थाका केही व्यक्तिले निकाल्यो म विचलित भइन । यही फागुन ३ गते रेडियो पौरखीका अध्यक्ष रामचन्द्र यादव सहित हिरेन्द्र रोकायाले एक्लै बोलाएर बडीमालिका नगरपालिकाको हलमा हातपातसंगै ज्यान मार्ने धम्की दिएका छन् । सो विषयमा म आफै सुरक्षित नभएका कारण ज्यान बचाउनका लागि संगठनबाट बाहिरिएर जानुपर्ने अवस्था सिजर्ना भएको छ ।
एक शुभेच्छुक संस्थाका अध्यक्षलाई परिक्षा दिन बोलाएर सोही मौका पारी गाली गलौज सहित कुटपिटका गर्न समेत भ्याए दुई जनाले । संगठन भित्र असुरक्षित भएको महसुस बल्ल आज गर्दैछु । मैले मलाई अन्याय भयो भनेर भन्दा नसुने जसरी बस्ने भए किन काँग्रेस नै अगाल्नु । पेशामा नरहेपनि गाउँमै व्यवसाय गर्दै जीवीको पार्जन गर्ने अठोटका साथ अघि बढ्ने लक्ष्य छ । अन्तमा संगठनमा रहदा मलाई सहयोग गर्ने युनियनका जिल्ला देखि केन्द्रीय पदाधिकारी,शिक्षकसंघ अन्य मेरा सहकर्मीहरुलाई आभार प्रकट गर्न चाहान्छु । आगामी दिनमा तपाईहरुले गरेको सहयोग माया ममतालाई अगाल्दै पारिवारिक जीवन यापनमा समर्पण गर्दै स्वतन्त्र भएर बन्ने प्रज्ञिा गर्दछु । आजैको दिन देखि नेपाली काँग्रेसको साधारण सदस्य नरहने गरी र उक्त पाटीको शुभेच्छुक संस्थाको साधारण सदस्य नरहने गरी नगेपाल प्रेस युनियन बाजुराको अध्यक्ष पदबाट राजिनामा सहित सहर्ष जानकारी गराउदछु ।
प्रेम रौले
बुढीगंगा नगरपालिका ३ बाजुरा
प्रकाशित मिति : February 16, 2020 at 10:39 pm









