७ असार २०८३, आइतबार | Sun Jun 21 2026

महराको मुद्दामा अन्तिम सुनुवाइ जारी, आजै फैसला आउने

४ फागुन, काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा महरा पुर्पक्षका लागि जेलमा छन् ।

 

जिल्ला अदालतका काठमाडौँका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा उनको मुद्दा सुनुवाइ भइरहेको छ । सरकारी पक्षका वकिलहरुको बहस सकिएर महरा पक्षका वकिलहरुले बहस गरिरहेको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। उनका अनुसार आज साँझसम्म फैसला हुनसक्ने संभावना रहेको छ।

यसअघि पुस ३ गते  महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौँको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो। उच्चले महिना दिनभित्र उक्त मुद्दाको अन्तिम टुंगो लगाउन पनि भनेको थियो।

प्रकाशित मिति : February 16, 2020 at 1:58 pm