७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

राष्ट्रिय फुटबल टोलीको घोषणा (नामसहित)

४ फागुन, काठमाडौं । फिफा विश्वकप छनोट तथा एसियन कप छनोटअन्तर्गत चाइनिज ताईपेईसँगको खेलका लागि नेपालले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । यसपटक प्रारम्भिक टोलीमा दर्शन गुरुङले स्थान बनाउन सफल भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । यसपटक नयाँ खेलाडीलाई प्राथामिकता दिएको एन्फाले जनाएको छ ।

तर प्रारम्भिक छनोटमा गोलरक्षक तथा नेपाली टोलीका कप्तान किरण चेम्जोङ, फरवार्ड विमल घर्तीमगर र रोहित चन्द परेका छैनन् ।

नेपाली टोलीका प्रशिक्षक योहान कालिनले घोषणा गरेको टोलीमा निम्न खेलाडी परेका छन् ।

छनोटमा परेका खेलाडीका नाम :
विकेश कुथू,
विशाल श्रेष्ठ,
एलेन न्यौपाने,
रजिन धिमाल,
सुमन अर्याल,
अमित तामाङ,
सरोज दाहाल,
अजित भण्डारी,
छिरिङ गुरुङ,
विकास खवास,
अनन्त तामाङ,
देवेन्द्र तामाङ,
दिलेन लिक्तान,
विशाल राई बी, से
सेहाङ आङ्देम्बे,
तेज तामाङ,
विक्रम लामा,
सुवास गुरुङ,
मिक्छेन तामाङ,
पुजन उपरकोटी,
एरिक विष्ट,
सुजल श्रेष्ठ,
रवि पासवान,
सुनील बल,
अन्जन विष्ट,
जर्ज प्रिन्स कार्की,
दर्शन गुरुङ,
भरत खवास,
नवयुग श्रेष्ठ,
आशिष लामा र विमल राना ।

प्रकाशित मिति : February 16, 2020 at 8:27 am