७ असार २०८३, आइतबार | Sun Jun 21 2026

अपराधी समात्ने आधार सीसी क्यामेरा

३ फागुन, काठमाडौं आपराधिक क्रियाकलपमा संलग्नलाई समात्न सीसी क्यामेरा महत्त्वपूर्ण साधन बन्न थालेको छ । प्रहरीका अनुसार सानाठूला अपराधमा संलग्नहरू सीसी क्यामेराकै सहयताले पक्राउ पर्दै आएका छन् ।

सीसी क्यामेरामा कैद भएका फुटेजको सहयोगमा फरार अभियुक्तलाई प्रहरीले समातेर कारबाहीको दायरामा ल्याएका उदाहरण धेरै छन् । कतिपय शंकास्पद घटनाको पुष्टि गर्न पनि सीसी क्यामेराकै प्रयोग हुने गरेको छ । यो खबर नागरिक दैनिकमा छ ।

यसको एउटा ज्वलन्त उदाहरणे हो– २४ माघ शुक्रबार बिहान भएको कलंकीको अन्डरपासको दुर्घटना । त्यहाँ बा.४ख ८५७९ नम्बरको टिपरले ठक्कर दिँदा प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै ज्यान गएको थियो । तर, प्रहरीले सोही दिन दिउँसोतिर सीसीटिभी फुटेजका आधारमा टिपर र चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : February 15, 2020 at 7:58 am