३१ असार २०८३, बुधबार | Thu Jul 16 2026

भन्सार छली ल्याउँदै गरेको भ्यानसहित ६० लाख बढीको सामान बरामद

२ फागुन, भद्रपुर । पूर्वीनाका काँकडभिट्टाबाट अवैधरुपमा नेपाल भित्र्याइएका रु ६० लाख बढीका सामानसहित मे१ज १८०७ नंको बलेरो पिकअप भ्यान पक्राउ परी प्रहरीले क्षेत्रीय राजश्व कार्यालय इटहरी पठाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान पत्रकार सम्मेलन गरी नेटका साडी, कुर्तासलवार, बनरासे साडी, रङ्गोली ब्वाउजसहितका साडीलगायतका रु ६० लाख ३१ हजार १०० का सामान राजश्व कार्यालय पठाएको जानकारी दिएको थियो ।

फाइल फाेटाे

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले सो सामग्री बिहीबार पूर्वपश्चिम राजमार्गको मेचीनगर नगरपालिका–१२ बाट विशेष सुराकीका आधारमा महेन्द्रा कम्पनीको गाडीसहित पक्राउ गरिएको बताउनुभयो । उहाँले भन्सार छली लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा सो सामग्री बरामद राजश्व कार्यालय पठाएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : February 14, 2020 at 2:17 pm