१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

संसद्‌मा आफ्नो दुईवर्षे कार्यकालको समीक्षा सुनाउँदै प्रधानमन्त्री

२ फागुन, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्दै छन् । ओलीले आफ्नो दुईवर्षे समीक्षासहित सम्बोधन गर्न लागेका हुन् ।

प्रतिनिधिसभा सचिव गोपालनाथ योगीका अनुसार सरकारका दुईवर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधनको समय माग गरेका थिए ।

प्रधानमन्त्री ओलीले आज (शुक्रबार) दिउँसो २ बजे प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नेछन् । ओली नेतृत्वको वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेकाले आजै शुक्रबार ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प्रकाशित मिति : 06:43