१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

२५ औं जनयुद्ध दिवसमा शहिदको सम्झना गर्दै अनेरास्ववियूद्धारा दीपप्रज्वलन (भिडियोसहित)

१ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले २५ औं जनयुद्ध दिवसको अवसरमा बिहीबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महरसहित शीर्ष नेतृत्वले शहिदको सम्झनामा भएको दीपप्रज्वलनमा सहभागिता जनाए ।

यसअघि बिहान अनेरास्ववीयूले प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसबाट बेलुन उडाएको थियो । ‘२५ औं जनयुद्ध दिवस जिन्दावाद’ लेखिएको ब्यानरसहित बेलुन उउाइएको थियो । जहाँ अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत प्रमुख अतिथि रहेका थिए । अनेरास्ववियूले फागुन १ गते देशभरका क्याम्पसहरुमा जनयुद्ध र जनआन्दोलनका शहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम गर्न सर्कुलर गरेको थियो ।

प्रकाशित मिति : 23:15