नेकपा अध्यक्ष प्रचण्डको कामनाः पतन भइरहेका कम्युनिष्ट हुन नपरोस (भिडियोसहित)
१ फागुन, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पतन भइरहेका कम्युनिष्ट हुन नपरोस भन्ने कामना गरेका छन । जनयुद्ध दिवसको सन्दर्भमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित जनयुद्ध विशेष कार्यक्रमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने ‘सरकारमा पुगेपछि वैचारिक स्खलन, सांस्कृतिक स्खलन हुने कार्य सोभियत युनियनमा भयो, पुँजीपतिको हातमा पुग्नु कम्युनिष्ट नेता बिग्रनु हो, हामी त्यो पथमा जान हुँदैन, पतन भइरहेका कम्युनिष्ट हुन नपरोस ।’

प्रचण्डले अब बुर्जवा पार्टी नेपालमा नचाहिएको उल्लेख गर्दै कम्युनिष्ट नेता बिग्रने पथमा जान नहुने बताए । उनले समाजवादका लागि फेरि आन्दोलन हुने आफ्नो निश्कर्ष सुनाउनु । अध्यक्ष प्रचण्डले समाजवादका लागि अब हुने आन्दोलन शान्तिपूर्ण रहने पनि प्रष्ट पारे । अध्यक्ष प्रचण्डले माओवादी विघटन गरेर नेकपा बनाउनु समाजप्रतिको चिन्ता भएको पनि बताए ।
अध्यक्ष प्रचण्डले केही वर्ष पहिलासम्म नेपालमा यति छिटो संविधान घोषणा भइहाल्ला, शत्रुतापूर्ण अवस्थामा रहेका मुख्य पार्टीहरु एकतामा आइहाल्लान् र दुई तिहाई ल्याइ हाल्लान् भनेर कसैले सोच्न नसकेको बताउँदै सही विचार लिएकै कारण त्यो सम्भव भएको बताए । प्रचण्डले तत्कालीन एमालेका नेता बामदेव गौतम, युवराज ज्ञवाली लगायतले आफूहरु जनयुद्धमै रहेको समयमा आधार इलाकामै आएर छलफल गरेको र एक प्रकारको समझदारी गरेको स्मरण गरे ।
प्रकाशित मिति : 12:33









