१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

७७ जिल्लामै सहिद स्मृति सभा

१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज देशैभर सहिदको स्मृतिमा श्रद्धाञ्जलीसभा गर्दै छ ।  जनआन्दोलन तथा जनयुद्धका सहिदको स्मृतिमा श्रद्धाञ्जलीसभा गरिन लागेको नेकपाले जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार ७७ वटै जिल्ला कमिटीलाई रचनात्मक तरिकाले मनाउन निर्देशन दिइएको छ ।

काठमाडौँमा पनि आज पार्टी मुख्यालय धुम्बाराहीमा गरिने सभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : 06:42