७ असार २०८३, आइतबार | Sun Jun 21 2026

ललितपुरको मंगलबजारबाट पसल फोडेर ११५ तोला सुन लुट्ने ३ भारतीय पक्राउ

२९ माघ, काठमाडौँ । ललितपुरको मंगलबजारमा रहेको सुन पसल फोडेर चोरी गर्ने ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ । महानगरीय प्रहरीप्रभाग पुल्चाेक र महनगरीय प्रहरी अपराध महाशाखा ललितपुर शाखाकाे संयुक्त टाेलीले काठमाडौँको सतुंगल र कालीमाटी क्षेत्रबाट उनिहरूलाई पक्राउ गरेको हाे ।

पक्राउ गरेका भारतीयबाट ११५ ताेला सुन र २५० तोला चाँदी बरामद गरिएकाे महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्ताेष तामाङले जानकारी दिए । तामाङका अनुसार ११२ ताेला सुन पिडितले सनाखत गरिसकेका छन्।

२१ गते राति मंगलबजारमा रहेको सुन पसल फोडेर त्यहाँ रहेको सेफ लिएर फरार उनिहरू फरार भएका थिए। पक्राउ परेका भारतीयहरुले चोरी गरेको सेफ फोडेर सुन चाँदी झिकी सेफ भने वाग्मतीमा फालेको बयान दिएका छन्।

प्रकाशित मिति : February 12, 2020 at 6:31 pm