माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
२९ माघ, काठमाडाैँ । ललिता निवास (बालुवाटार) जग्गा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै रिट परेको छ । बुधबार सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्रीद्धयका विरूद्धमा भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै रिट दायर भएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको व्याख्या गलत भएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्याैपानेले सर्वोच्चमा रिट निवेदन दिएका हुन । उनले रिटमा मन्त्रिपरिषद्को सबै निर्णय नीतिगत नहुने दलिल पेश गरेका छन । न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउनुपर्ने दाबी गरेका छन ।

प्रकाशित मिति : 16:53









