बागमती प्रदेशको मन्त्रीमा नियुक्त रामेश्वर फूँयालले ४ बजे सपथ लिन पाएनन, अर्को समय अनिश्चित
२९ माघ, काठमाडौँ । लामो रस्साकस्सी पछि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका रामेश्वर फूयाँलले बुधबार दिउँसो ४ बजे सपथ लिन पाएनन् । उनको सपथको समय दिउँसो ४ बजेका लागि तोकिएको थियो । तर प्रदेश प्रमुखको कार्यालयले विशेष कारण देखाउँदै सपथ स्थगित भएको जनाएको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार नै फूयाँललाइ मन्त्रीमा नियुक्त गरेका थिए । दिउँसो ४ बजेका लागि तोकिएको सपथ स्थगित भए पनि सपथको अर्को मिति नतोकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिए । तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री केसव स्थापीतलाई वर्खास्थ गरेपछी मन्त्रालयको काम मुख्यमन्त्री आफैले सम्हाल्दै आएका थिए ।
प्रकाशित मिति : 16:22









