७ असार २०८३, आइतबार | Sun Jun 21 2026

विदेशबाट नेपाल आउने सबै यात्रुकाे विमानस्थलमा स्वास्थ्य जाँच गर्न सांसद भट्टराईको माग

२९ माघ, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद विद्या भट्टराईले त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिने हरेक यात्रुको स्वास्थ्य जाँच गर्न माग गरेकी छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठककाे शून्य समयमा बोल्दै भट्टराईले नेपाल कोरोनाबाट सुरक्षित छ भन्नका लागि उक्त जाँच जरुरी रहेको बताएकी हुन् ।

भट्टराईले भनिन्, ‘विमानस्थलमा राखिएको स्क्यानिङ मेशिनले काम गरेको छैन भन्ने सुनियो। विदेशबाट आउने एक एक यात्रुलाई त्यहाँ जाँच्नु जरुरी छ’, ‘अनि मात्रै विदेशबाट आउनेले नेपाल कोरोनाबाट सुरक्षित रहेको महसुस गर्छन्।’ नेपाललाई कोरोनामुक्त देखाउन विमानस्थलमा विशेष चेक जाँचको जरुरी रहेको उनले जोड दिइन्। भट्टराईले नेपाल सरकारले चीनबाट विद्यार्थी ल्याउने प्रयास सुरु गरेको जनाउँदै यथाशिघ्र यसलाई कार्यान्वयन गर्न पनि आग्रह गरिन्।

प्रकाशित मिति : February 12, 2020 at 1:59 pm