अन्ततः बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फूँयाल नियुक्त, ४ बजे सपथ
२९ माघ, काठमाडौँ । अन्ततः बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाल नियुक्त भएका छन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले फूयाँललाइ मन्त्रीमा नियुक्त गरेका हुन । फूयाँलको सपथ आजै दिउँसो ४ बजेका लागि तोकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिए ।

फूयाँला काठमाण्डौ जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निर्वाचित सांसद हुन । यसअघि नुवाकोट जिल्ला क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित सांसद केशव पाण्डेलाई मन्त्रीमा नियुक्त गर्ने तयारी मुख्यमन्त्री पौडेलले गरेका थिए । तर काठमाडौँबाट फुत्केको मन्त्री काठमाडौँमै रहनुपर्छ भन्ने उपत्यकाका सांसदहरूको चर्को दबबपछि प्रदेशसभा संसदीय दलका मुख्यसचेतक फूयाँललाई मन्त्रीमा नियुक्त गरेका हुन ।
प्रदेश सरकार गठन भएको दुईवषको बार्षिक कार्यक्रम सकिएपछी दिउँसो ४ बजे फुयालको सपथ हुनेछ । तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री केसव स्थापीतलाई वर्खास्थ गरेपछी मन्त्रालयको काम मुख्यमन्त्री आफैले सम्हाल्दै आएका थिए ।
प्रकाशित मिति : 08:51









