१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन १ गते देशैभर सहिदको स्मृतिमा श्रद्धाञ्जलीसभा गर्ने भएको छ । जनआन्दोलन तथा जनयुद्धका सहिदको स्मृतिमा श्रद्धाञ्जलीसभा गरिने नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

उनका अनुसार ७७ वटै जिल्ला कमिटीलाई रचनात्मक तरिकाले मनाउन निर्देशन दिइएको छ । काठमाडौँमा पार्टी मुख्यालय धुम्बाराहीमा गरिने सभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : 07:34