७ असार २०८३, आइतबार | Sun Jun 21 2026

जिल्ला अदालतको आदेश उल्टाउँदै उच्च अदालत पाटनले गृहमन्त्रीका भाइ नरेशलाई जेल पठायो

२७ माघ, काठमाडाैँ ।  गृहमन्त्री रामबहादुर थापा बादलका भाइ नरेशकुमार थापालाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ । अदालतले थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्टाउँदै उच्च अदालत पाटले पूर्पक्षका लागि थुनाममा पठाउने अादेश दएको हो ।

पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । काठमाडौं अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई गत असोज १ मा १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । ‘फिरौती’ उठाउने गिरोहसँगको मिलिभगतमा व्यवसायीलाई धम्क्याएर रकम असुलेको अभियोगसहित थापालगायत व्यक्ति पक्राउ गरी मुद्दा चलाइएको थियो ।

प्रकाशित मिति : February 10, 2020 at 9:57 pm