२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

इटालियन सिरी ‘ए’ फुटबल : रोनाल्डोको दुई गोल, युभेन्ट्स ३-० ले विजयी

२० माघ, काठमाडौं साबिक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा सहज जित निकालेको छ । आइतबार भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । म्याथिस डी लिग्टले थप एक गोल गरे ।

खेलको ४०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । ८०औं मिनेटमा रोनाल्डोले पुन: पेनाल्टीमा दोस्रो गोल गर्दा युभेन्ट्स २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ९०औं मिनेटमा डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए । जितसँगै युभेन्ट्सले २२ खेलमा ५४ अंक जोडेको छ । जितपछि युभेन्ट्सले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।

दोस्रो स्थानको इन्टर मिलानको ४८ अंक छ । २५ अंक जोडेको फियोरेन्टिना १४औं स्थानमा छ । –एजेन्सी

प्रकाशित मिति : २० माघ २०७६, सोमबार ०७:३९