२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

सहिद स्मारक ‘ए’ डिभिजन लिग : सरस्वतीविरुद्ध थ्री स्टारको सानदार जित

१८ माघ, काठमाडौं ।  राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (शनिबार) थ्री स्टार क्लबले सानदार जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टारले सरस्वती युथ क्लबविरुद्ध ४-० को जित निकालेको हो ।

थ्री स्टारको जितमा संजोग राईले ह्याट्रिक गरे । संजोगले खेलको ५७औं, ६०औं र ७१औं मिनेटमा गोल गरे । त्यसअघि खेलको ४८ मिनेटमा थ्रीस्टारका तर्फबाट लाल रम्भाराले गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए ।

जितसँगै थ्रीस्टार १० खेलबाट १७ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : February 1, 2020 at 7:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/