२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

कोपा डेल रे फुटबल : मेसीको २ गोलसँगै बार्सिलोना क्वार्टरफाइनलमा

१७ माघ, काठमाडौं । बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कप्तान लियोनल मेस्सीको दुई गोलको सहायतामा बार्साले क्वार्टरफाइनल यात्रा तय गरेको हो ।

नाउ क्याम्पमा बिहीबार भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ५-० ले पराजित गरेको हो । खेलको चौथो मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

२८औं मिनेटमा क्लेमेन्ट लेन्गलेटले बार्सिलोनाको अग्रता दोब्बर बनाए । कप्तान मेस्सीले ५९औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे ।

अर्थरले ७७औं मिनेटमा बार्सिलोनालाई ४-० ले अघि बढाए । खेल सकिन एक मिनेट बाँकी रहँदा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै क्लबलाई फराकिलो जित दिलाए ।

मेसीको २ गोलसँगै उनले बार्सिलोनाबाट ५ सय गोल पूरा गरेका छन् । –एजेन्सी

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार ०७:५८