२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

ईपीएल खेल्न नेपाल आउँदै क्रिस गेल

१७ माघ, कास्की । वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल नेपाल आउँदै छन् । उनले एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनी पोखरा राइनोजबाट खेल्नेछन् । गेल नेपाली फ्रेन्चाइजी लिगमा पहिलो चर्चित अन्तर्राष्ट्रिय खेलाडी हुन् ।

पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलन गेलले खेल्नेबारे जानकारी दिइएको थियो । ईपीएलमा गेलले कति खेल खेल्ने ईपिएलको खेल तालिकामा निर्भर हुनेछ । उनको पारिश्रमिकबारे भने केही खुलाइएको छैन ।

गेलले सन २०१६ मा वेस्ट इन्डिजलाई टि ट्वान्टी विश्व कप दिलाउँदा महत्त्वपूर्ण योगदान दिलाएका थिए । वेस्ट इन्डिजका लागि गेलले १०३ टेस्ट, ३०१ एकदिवसीय र ५८ टी-ट्वान्टी आई खेलेका छन् । उनी आईसिसीको एकदिवसीय, टेस्ट र टी ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान पनि ‌हुन् ।

गेल हार्ड हिटरका रूपमा परिचित छन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार ०६:४६