२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

सहिद स्मारक ‘ए’ डिभिजन लिग : फ्रेन्डस-च्यासल तथा एनआरटी-बिग्रेड भिड्दै

१६ माघ, काठमाडौं कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ र फ्रेन्डस् क्लब प्रतिस्पर्धा गर्दै छन् । दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भिड्नेछन् ।

च्यासल आजको खेलमा जित निकाल्दै शीर्ष ६ को दौडमा हुनेछ । उसले २ खेलमा जित र ३ बरबरी खेलेर ९ अंक बनाएको छ ।

फ्रेन्डसले जित निकाले उसको जित संख्या ३ पुग्नेछ । फ्रेन्डस २ जित र २ बराबरी खेलेर ८ अंकका साथ तालिकाको ११औं स्थानमा छ ।

दोस्रो खेलमा एनआरटी र बीबीसी जितको लक्ष्यका साथ मैदान प्रवेश गर्नेछन् । एनआरटी आजको खेलमा जित निकाल्दै चौथो स्थानमा आउने दाउमा छ । उसले ४ खेलमा जित निकालेको छ भने २ बराबरी खलिसकेको छ । बीबीसी २ खेलमा जित र २ बराबरी खेल्दै ८ अंकका साथ तालिकाको दसौं स्थानमा छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार ०९:२९