२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

ए डिभिजन लिग : मनाङ र संकटा भिड्दै

१५ माघ, काठमाडौं राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदै छ । यी दुवै टोली गत सिजनका विजेता र उपविजेता हुन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने खेलमा आफ्नो अपराजित यात्रा कायमै राख्दै मनाङ जित निकाल्ने दाउमा छ । यता संकटा पनि मनाङलाई रोक्ने दाउमा छ ।

लिगमा ८ खेल खेलेको संकटाको ३ जितसँगै १२ अंक छ । अंक तालिकामा भने संकटा आठौं स्थानमा छ । आजको खेलमा मनाङलाई पराजित गरे संकटा पाँचौं स्थानमा उक्लनेछ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार ०८:११