२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

सिरहामा विवादका क्रममा गोली चल्दा एक को मृत्यु

२४ वैशाख,सिरहा । सिरहाको अर्नमा गाउँपालिकामा लेनदेनसम्बन्धी विवाद बढेपछि हानेको गोली लागेर एक युवकको मृत्यु भएको छ ।

गाउँपालिका–१ निवासी २२ वर्षीय धर्मेन्द्रकुमार सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए ।

विवादकै क्रममा स्थानीयवासी सन्तोष सिंह लगायतका व्यक्तिले आइतबार राति करीब १२ बजेतिर चलाएको गोली लागेर गम्भीर घाइते भएका धर्मेन्द्रलाई उपचारका लागि लहानस्थित अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएकाले शवपरीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा सन्तोषलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक भेटवालले बताए ।

प्रकाशित मिति : May 7, 2018 at 4:03 pm