१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

टेक्ससमा गोली चल्दा २ को ज्यान गयो, ५ घाइते

७ माघ, ह्युस्टन । अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राति गोली चल्दा २ जनाको मृत्यु भएको छ । सोही गोली काण्डमा थप ५ जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चार माध्यमलाई बताएअनुसार व्यक्तिहरूको समूहबीच भएको झगडामा एकजनाले बन्दुक निकालेर गोली हान्न सुरु गरेका थिए ।

विवाद सुरु भएपछि नै परिस्थिति जटिल बनेको र प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको विलियमले बताएका छन् । –एएफपी

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार ०९:१४