११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

खेलाडीलाइ आत्मबल उच्च बनाउन प्रधानमन्त्री अोलीको अाग्रह

२४ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलमा सफलता प्राप्त गर्नका लागि आत्मबल उच्च बनाउनुपर्ने बताउनुभएको छ । रुसको मस्कोमा १० देखि १६ मेसम्म हुने ‘स्टिकट चिल्ड्रेन फूटबल वर्ल्ड कप २०१८’ मा सहभागी हुन जाने खेलाडीलाई अाइतबार बालुवाटारमा बिदाइ गर्दै प्रधानमन्त्री ओलीले उच्च मनोबलका साथ खेलमा सफलता हासिल गर्न आग्रह गर्नुभयो ।

“तपाईंहरु राम्रो खेल्नुहुन्छ भन्ने मलाइ थाहा छ, शुभकामना छ, खेल जितेर आउनुहोस्”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँको निजी सचिवालयले जनाएको छ । अनुशासन सफलताको सुत्र भएकाले त्यसमा विशेष ध्यान दिन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : May 7, 2018 at 7:59 am