३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

बझाङमा बाढीले बगाउँदा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु

२३ वैशाख, बझाङ । बझाङमा बाढीमा बगेर पाँच जनाले ज्यान गुमाएका छन । शनिबार राति परेको असिना–पानीसँगै आएको बाढीले पाँच जनाको ज्यान लिएको प्रहरीले जनाएको छ । बझाङको गुहे खोलामा आएको बाढीले बगाउँदा थलारा गाउँपालिका–४ का एकै परिवारका ४ सहित ५ जनाको मृत्यू भएको हो ।

मृत्यु हुनेमा थलारा गाउँपालिका–४ का २८ वर्षीय हर्क विक, उनकी श्रीमती २५ वर्षीया डल्लीदेवी विक हर्कका ३ वर्षीय छोरा सक्षम र ६ वर्षकी छोरी मनिसा । उनीहरुसँगै रहेकी सोही गाउँकी ३५ वर्षीया कलसा विकको बाढीले बगाएर मृत्यु भएको छ ।
बाढीले जयपृथ्वी राजमार्ग अन्र्तगत पर्ने केदारस्यूँ गाँउपालिकाको सुडिखोला खण्डमा माटो थुप्रिए पछि शनिबार रातिदेखि नै यातायात बन्द भएको छ । सडक अवरुद्ध हुँदा बझाङबाट बाहिर जाने र भित्रिने सवारी साधनहरु रोकिएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार १३:२९