बाँकेको कालिका निर्माण कम्पनीको साइट अफिसमा प्रेसर कुकर बम विस्फोट
२२ वैशाख, बाँके । बाँके जिल्लाको हवल्दारपुरमा रहेको कालिका निर्माण कम्पनीको साइट अफिसमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले गएराति करीब साढे १२ बजेको समयमा प्रेसर कुकर बम विस्फोट भएको बताए ।
बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ ।
यसैबीच, बाँकेको कोहलपुर नगरपालिका–१० स्थित रामनगरमा रहेको चर्चमा गएराति आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, गएराति करीब १ बजे आगलागी भएको हो ।
प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार २१:३७