१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

सामाजिक सुरक्षा भत्ता बढाउन ध्यानाकर्षण

२१ वैशाख, विराटनगर । प्रदेश नं १ मा बिहीबार शुरु भएको प्रदेशसभा बैठकमा सदस्यले सामाजिक सुरक्षा, एकल महिला भत्ता वृद्धि गर्नुपर्ने सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभा सदस्य अम्बिका थापाले प्रदेशको आगामी आर्थिक बर्ष २०७५÷७६ को बजेटमा ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता रु पाँच हजार गर्न तथा एकल महिला मासिक भत्ता वृद्धि गर्न ध्यानाकर्षण गराइन् ।

यसैगरी, उपेन्द्र घिमिरेले वैज्ञानिक, साझेदारी, सामुदायिक वन नाम दिई मोरङमा वार्षिक २०० हेक्टर वन जंगल फँडानी भइरहेको बताउँदै यसबाट जंगली जनावर र चराचुरुङ्गीको बासस्थान उजाडिएकाले अविलम्ब रोक्नुपर्नेमा जोड दिए ।

सदस्य बिनादेवी राईले प्रदेश नं १ को १४ जिल्लाको पर्यटकीय क्षेत्रलाई गुरुयोजना बनाई निर्माण गरेमा पर्यावरण संरक्षण हुनका साथै स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धि गरी मुलुकको व्यापार घाटा कम गर्न सघाउ पुगी ‘सुखी नेपाल समृद्ध नेपाली’ को नारा कार्यान्वयन गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका छन् । प्रदेशसभाको अर्को बैठक आज दिनको १ बजे बस्ने भएको छ ।

प्रकाशित मिति : May 4, 2018 at 8:33 am