११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

निद्रा लागेन ? यसो गर्नुस् !

१३ पुस, काठमाडौं । आधुनिक जीवनशैलीका कारण राम्रो निद्रा के–हो भन्ने मानिसले भुलिसकेका छन् । अधुरो निद्रा नै आजभोलिका मानिसको यथार्थ हो । निद्रा नपुग्दा स्वास्थ्यलाई नराम्रो असर गर्छ । यसर्थ निद्रा ल्याउन यस्ता छन् केही प्रभावकारी उपाय ।

प्रतिकात्मक तस्बिर ।

यो प्रक्रिया गर्दा सुरुमा ‘हुस’ आवाज निकाल्दै मुखले सास छाड्नुस् अनि पछि मुख बन्द गरी बिस्तारै नाकबाट सास तान्नुस् । अनि फेरि ७ गन्दासम्म सास रोक्नुस् । ८ गन्दा मुखबाट सास छाड्नुस् । त्यसैगरी फेरि सास तान्नुस्, केही सेकेन्ड रोक्नुस् र मुखबाट छोड्नुस् । यो प्रक्रियालाई ३ चक्रमा पूरा गर्नुस् । यो विधिका लागि कुनै अर्को साधन आवश्यक छैन । तपाईंको दृढ निश्चय मात्र आवश्यक छ ।

छिटो निद्रा ल्याउने यो राम्रो उपाय हो । यसो गर्दा सासको तालमेल भने मिलाउनै पर्छ । गहिरो सास लिएर छोड्नुस् । यसो गर्दा थकान टाढा भाग्छ । मुटुले सामान्य गतिमा काम गर्न सक्छ । दिमागको नसामा शान्ति प्राप्त हुन्छ । तनाव दूर हुन्छ अनि शरीर पनि हल्का हुन्छ । अनि तपाईंलाई निद्रा लाग्छ ।

अनिद्राको समस्या हटाउन यो उपाय अपनाउनुभन्दा एक साताअघिदेखि चिया, कफी, सफ्ट ड्रिंक, तेल हालेको खानेकुरा, जंकफुड, चकलेट, मदिरा र चुरोटजस्ता कुरा भने छाड्नुस् । – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १३ पुष २०७६, आईतवार ०८:४६