पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्
१२ पुस, काठमाडौं । मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै खानपिन पनि बदलिएको छ । पछिल्लो समय हामी धेरै मसला हालेको खाना खाने गर्छौं । यसले गर्दा शरीरमा एसिडिटीको मात्रा बढ्छ । जसकारण शरीर र पेट भारी हुन्छ ।
यस्तो स्थितिमा औषधि खाँदा पनि झ्वाट्टै निको नहुन सक्छ । पेटमा ग्यास भरिने समस्याबाट मुक्ति पाउन केही घरेलु उपाय यस्ता छन् । जसलाई हामीले अपनाएर एसिडिटी कम गर्न सक्छौं ।
- अमलाको क्यान्डी बनाएर खाँदा आराम मिल्छ ।
- ज्वानोलाई पानीमा उमालेर पिउनुस् । तत्काल निको हुन्छ ।
- तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछ ।
- दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खाए आराम मिल्छ ।
- कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा बिरेनुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन ।
प्रकाशित मिति : १२ पुष २०७६, शनिबार ०७:५२