११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

मेडिसिटी अस्पतालद्धारा जुुग्लेका १ हजार स्थानियको स्वास्थ्य जाँचः अधिकांशमा उच्च रक्तचाप

११ पौष, स्याङ्जा । नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले स्याङ्जाको जुुग्लेका १ हजार स्थानियको विभिन्न समस्याका लागि स्वास्थ्य परिक्षण गरेको छ । नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक एवं मेडिकल टिमले आँधिखोला गाउँपालिकाका १ हजार स्थानिय नागरिकहरुलाई मुटुरोग, स्त्री, दन्त, हाडजोर्नी तथा सामान्य समस्याका लागि परामर्श गर्दै औषधि वितरण समेत गरेको छ ।

पुुष ६ गतेदेखि ८ गतेसम्म जुुग्ले स्थित आँधिखोला बोर्डिङ्ग स्कुलमा आयोजना गरिएको स्वास्थ्य शिविरका लागि आँधिखोला गाउँपालिकाको समन्वय तथा ब्लाक याक ह्युुमन फाउण्डेसन र कोरियन ओपन डक्टर्स सोसाइटिको संलग्नता रहेको थियो । तीन दिनसम्म आँधिखोलामा आयोजना गरिएको शिविरमा नेपाल मेडिसिटी अस्पतालका तर्फबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशी, हाडजोर्नी विशेषज्ञ डा. निभा चित्रकार तथा सामान्य समस्याका लागि डा. सन्तोष यादव सहित २ नर्सहरु र व्यवस्थापनका लागि स्मिता नेपालको सहभागिता रहेको थियो ।

दक्षिण कोरियाबाट आएका मेडिकल टिममा भने स्त्रीरोग, दन्त तथा हाडजोर्नी विशेषज्ञ तथा फार्मेसिष्ट रहेका थिए । विभिन्न समूहले संयुक्त रुपमा आयोजना गरेको यस शिविरमा स्वास्थ्य जाँचका लागि स्थानियहरुको उल्लेख्य सहागिता रह्यो । विभिन्न उमेर समूूहका मानिसहरु उपचारको लागि आएको र अधिकांश मानिस उच्च रक्तचापको जोखिममा रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशीको अनुुभव छ ।

शारिरिक व्यायाम तथा आराम, खानपान तथा जनचेतना अभावका कारण पनि यस किसिमको समस्या आएको हुनसक्ने वहाँको धारणा छ ।
अस्पतालमा महाप्रबन्धक विजय रिमालले मध्य पश्चिम नेपालको स्थानियका लागि स्वास्थ्य उपचार सेवा प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनेमा जोड दिनुुभएको छ ।

प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार १७:०६