२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

अब श्रमिकले हकअधिकारका लागि आन्दोलन गर्नु पर्दैनः प्रधानमन्त्री

२० वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ को नवनिर्वाचित नेतृत्वले श्रमिकका हकअधिकारका विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले श्रमिकका हकअधिकार स्थापित हुनेमा ढुक्क हुन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले श्रमिक वर्गकै हकहितमा काम गर्न खोजिरहेकाले अब आन्दोलन गर्न नपर्ने आश्वस्त पारेकोे महासंघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले आफूहरुले श्रम ऐनको कार्यान्वयन हुनुपर्ने, श्रमिकको तलब वृद्धि हुनुपर्ने, विगतका सहमतिको पालना हुनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : 12:55