२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

बलात्कारको आरोपमा चितवनका कानून व्यवसायी प्रकाश भट्टराइ पक्राउ

१९ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराईले १२ पढ्दै गरेका दुई युवतीलाई जबरर्जस्ती बलात्कारको प्रयास गरेको अभियोगमा आज पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जबरर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा लिइएको हो ।

उनलाई आज म्याद थप गरी जबरर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिने प्रहरी उपरीक्षक थापाले बतताए । पीडित युवतीले आफूलाई टेलिफोन गरी घटनाको जानकारी गराएको र पछि लिखित निवेदन दिएपछि निज भट्टराईलाई नियन्त्रणमा लिइएको उनले बताए ।

भट्टराई जिल्ला अदालत बार एशोसिएशन चितवनका साधारण सदस्य हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार १६:१६