जारको पानी पिउन अयोग्य
१३ मंसिर, काठमाडौं । ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला । जारको पानी पिउन योग्य नभएको पाइएको छ ।काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगनका क्रममा उत्पादकले न्यूनतम मापदण्डै पूरा नगरी बिक्री गर्दै आएको पाइएको खबर राजधानी दैनिकमा छ । जिल्ला प्रशासनका कार्यालय काठमाडौंको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।
कम्पनीले पिउनयोग्य भनी सिलछाप गरेको जार र बोतलका पानी परीक्षण गर्दा ५० प्रतिशत पानी पिउन अयोग्य भेटिएको गुणस्तर तथा नापतौल विभागका अधिकृत विशाल जिरेलले जानकारी दिए ।
प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार ०८:०६